२०८१ मंसिर १२ , बुधवार

सिटी वालेटद्वारा चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिटी वालेट प्रा.लि. ले दशै, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ । नेपालको सवै भन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो । रु ५००० भन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेट मार्फत प्राप्त गर्दा सिटीपे प्रोमो कोड प्रयोग गरी रु २०० रुपैंया रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ जना ग्राहकहरुलाई रु ५०० बराबरको वोनस गरी कुल ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

विदेश स्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीवाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन ।साथै दशै तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ । आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दाFLIGHT200 प्रोमोकोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

“यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो । दशै, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौं ।हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो ।“सिटी वालेट प्राइभेट लिमिटेड का प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले भने ।