२०८१ आश्विन ११ , शुक्रवार

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा: अवतार’ को शुभ मुर्हूत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता राजेश हमालले आफ्नो कमब्याक फिल्म ‘नरसिंहा अवतार’को छायांकन थालेका छन् । बिहीबार बालाजुस्थित चलचित्र विकास संस्थानको स्टुडियोमा शुभसाइत पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।हमाल आधा दशकभन्दा लामो समयपछि फिल्मको छायांकन सेटमा फर्किएका हुन् ।

दिवाकर भट्टराईले निर्देशन गर्ने यो एक्सन-सोसल ड्रामा फिल्मसँग हमालका केही रोचक किस्सा पनि छन् ।यो फिल्ममा हमालले ३३ वर्षपछि छविराज ओझासँग सहकार्य गरेका छन् । ओझा हमालको डेब्यु फिल्म ‘युगदेखि युगसम्म’का निर्माता हुन् । तर ‘नरसिंहा अवतार’मा ओझा वितरक हुन् ।

फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मितिको रुपमा तय गरिएको छ । प्रदर्शन मिति घोषणा गरेको यो फिल्ममा राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी,प्रकाश कुँवर लगायतको अभिनय रहनेछ ।आठ वर्षपछि यो फिल्मबाट हमालको पुनरागमन हुँदैछ ।

उनले यो फिल्मका लागि केही समयदेखि भिन्न लुक्स बनाइरहेका छन् । यो फिल्ममा हमालले सरोज खनालसँग ३० वर्षपछि सहकार्य गर्दैछन् ।उनीहरुले यसअघि ‘सडक’मा सहकार्य गरेका थिए । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई महर्जनसहित परशुराम बस्नेत र ध्रुव न्यौपानेले संयुक्त रुपमा निर्माण गर्दैछन् ।