२०८१ आश्विन १२ , शनिवार

उद्दारकर्ता पर्खिँदापर्खिँदै नखिपोटमा बगे चार जना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जना बेपत्ता भएको खुलेको छ । कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए ।

प्रत्यक्षदर्शी जीवन पोख्रेलका अनुसार, करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए ।प्रहरी आउन पनि झण्डै ४५ मिनेटजति लागेको बताए । ससशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् ।

उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ ।उनीहरुको खोजी भइरहेको उनले बताए । बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको लाइफ बोट समेत परिचालन गरिएको उनले बताएका छन् ।