२०८१ आश्विन १३ , आइतवार

नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

२०२४ मा ४५ औं विश्व पर्यटन दिवसको सु–अवसरमा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा सबैभन्दा बढि विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा नेपाल वायुसेवा निगमलाई सम्मान गरिएको छ ।

उक्त अवसरमा माननीय श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेज्यू, माननीय राज्यमन्त्री अरुणकुमार चौधरीज्यू, तथा सचिव डा.गणेश प्रसाद पाण्डेयज्यूको समुपस्थितीमा सम्माननीय कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठज्यूले उक्त सम्मानपत्र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीलाई प्रदान गरेका थिए ।

निगमले १ अगष्ट, २०२३ देखि ३१ अगष्ट, २०२४ को अवधिमा सबैभन्दा बढि विदेशी मुद्रा १० करोड ८० लाख ४० हजार ८ सय ७६ अमेरिकी डलर आर्जन गरि देशमा विदेशी मुद्रा सञ्चिती बढाउन उल्लेखनीय योगदान पु¥याएको छ । आगामी दिनमा पनि आफ्नो कारोबार बढाई राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्दै जानेमा निगमले विश्वास लिएको छ।निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरुमा यात्रुहरुलाई अन्तर्राष्ट्रिय स्तरको सेवा पु¥याउदै आइरहेको र यस्ता सम्मानबाट निगमको व्यापारलाई बढाउन अझै हौसला मिलेको बताए ।