२०८१ आश्विन १३ , आइतवार

सिंहदरबारमा सर्वदलीय बैठक जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

आइतबार दिउँसो स१ बजेपछि आह्वान गरिएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

अविरल वर्षापछि जनधनको क्षतिबारे छलफल गरी सुझावका आधारमा आवश्यक निर्णय लिन सरकारले सर्वदलीय बैठक राखेको हो।