२०८१ मंसिर ९ , आइतवार

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

Capture

सुनाखरी न्युज/ चितवन ।

भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेÈ छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मिति २०८१/०६/१३ गतेका दिन प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा College of Medical Sciencesका तर्फबाट Additional Directorडा.मनोहर प्रधान ले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता अनुसारCollege of Medical Sciencesसँग प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने भएका छन् ।

सिओएमएस मा उपचार गर्दा औÈधि, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २०% सम्म को छुट पाउन सकिने बैंकको भनाइ छ । प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलेCollege of Medical Sciencesको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।

तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने बैंकले जनाएको छ ।