२०८१ आश्विन १४ , सोमवार

वर्षाका कारण अन्तर्राष्ट्रिय उडान छुटेका निगमका यात्रुलाई निःशुल्क टिकट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वायुसेवा निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरु छुट्न गएका यात्रुहरुले मिति ११ अक्टोबरसम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको हो ।

यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क गरि सो सेवा लिन आह्वान समेत गरेका छन् ।