२०८१ आश्विन १४ , सोमवार

महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई सम्मान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यहीँ आश्विन ११ गते देखी परेको अविरल वर्षा सँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा आश्विन १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।

आश्विन १३ गते बैंकको केन्द«ीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चणिकलाल तामाङले जोखिमका बीच देखाउनुभएको अदम्य साहस र उहाँको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामङ्गलाई रु. १ लाख नगद सहित सम्मान गरिएको हो ।

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।