२०८१ आश्विन १४ , सोमवार

सेवा निवृत्त हुनुभएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलको बिदाइ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेललाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गर्नुभयो ।

आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै उहाँले अवकाश पछिको व्यावसायिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत व्यक्त गर्नुभयो ।सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेललाई मायाको चिनो प्रदान गर्नुभयो ।

कार्यक्रममा सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक पोखरेल वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक पोखरेल असोज १४ गतेबाट सेवा निवृत्त हुनु भएको हो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।