२०८१ आश्विन १४ , सोमवार

पहिरोमा परी मृत्यु भएका एन्फा खेलाडीकाे पशुपतिमा अन्त्येष्टि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर मृत्यु भएकामध्ये दुई जना किशोर खेलाडीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत् गृह जिल्ला मकवानपुर पठाइएको छ भने आदित्य बलम्पाखीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत् लालबन्दी १७ रानिगन्ज सर्लाहीमा पठाउने तयारी गरिएको छ।

दिवस बानियाँ र प्रियंस आचार्यको भने पशुपतिमा अन्त्येष्टि गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।गत शनिबार पहिरोमा पुरिएर ज्यान गुमाएकाथिए। एकेडेमीबाट सुरक्षित स्थानमा जाने क्रममा शनिबार खेलाडीहरू बाटोमै पहिरोमा परेका थिए।