२०८१ आश्विन १५ , मंगलबार

प्रधानमन्त्रीद्वारा एमाले केन्द्रीय कार्यालयको निरीक्षण

oli

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको निरीक्षण गर्नुभएको छ ।

एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर निरीक्षण गर्नुभएको हो । अविरल वर्षा र बाढीका कारण पार्टी कार्यालयको भुइँतला पूर्णत ः डुबेको थियो । बाढीबाट उक्त तलमा राखिएका उपकरण र अन्य महत्वपूर्ण सामग्री नष्ट भएका छन् । हाल उक्त स्थानमा सरसफाइ सुरु भएको छ ।  रासस