सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तरक्रिया गरेका छन् । नेकपा माओवादी केन्द्रले बल्खुको सुकुम्बासी बस्तीबाट स्वयंसेवक परिचालन अभियान सुरु गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि पार्टीले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको शुभारम्भ गरेका हुन् ।
सो क्रममा प्रचण्डले विपद् व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरे ।प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे ।