२०८१ आश्विन १५ , मंगलबार

आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको सात दिनको पारिश्रमिक उद्धार कोषमा

Nirbachan_nirwachan_elecion

सुनाखरी न्युज/ काठमाडौं ।

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोको क्षतिबाट पीडितहरूलाई राहत प्रदान गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय भएको हो ।