२०८१ कार्तिक १६ , शुक्रवार

इजरायलमा इरानको आक्रमण, आकासमा देखियो मिसाइलको वर्षा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इरानले मंगलबार राति इजरायलमाथि मिसाइल आक्रमण गरेको छ।मंगलबार इरानले इजरायली भूभागमा १८१ वटाभन्दा बढी ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको हो।समाचार संस्था रोयटर्सले मंगलबार इरानले इजरायलमाथि गरेको आक्रमण अहिलेसम्मकै ठूलो भनेको छ।

मंगलबार साँझ स्थानीय समयमा अनुसार पौने ८ बजे जेरूसेलम, तेल अविभलगातका मुख्य सहरहरूका आकासमा मिसाइलहरू देखिएपछि लगातार साइरनको आवाज आइरहेको थियो।यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणबाट हताहती भएको विवरण सार्वजनिक नभइसकेको बताएका छन्।इजरायलको प्रतिरक्षा प्रणाली यति बलियो छ कि इजरायली आकाशमा देखिने मिसाइलहरूलाई त्यहाँको प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिन्छ।यद्यपि मंगलबार एकैचोटी ठूलो संख्यामा मिसाइल आक्रणम हुँदा केही मिसाइल जमिनमा पनि खसेको भनिएको छ। त्यसले गरेको यकिन क्षति भने सार्वजनिक भइसकेको छैन । समाचार सस्था सिएनएनले ७ जना मारिएको बताएपनि अन्य प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले एकजना प्यालेस्टिनी नागरिक मारिएको भनेको छ।

इरानले इजरायलको कब्जामा रहेको वेस्ट ब्यांक, इसराइलको मध्य र दक्षिणी भूभागमा लक्षित गरी आक्रमण गरेको बताइएको छ।आक्रमणमा पहिरो पटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको ९० प्रतिशत मिसाइल लक्षित बिन्दुमा पुगेको इस्लामिक रिभोलुसनरी गार्डले जनाएको छ। आक्रण इसराइलको सैनिक किल्लाहरूमा लक्षित रहेको पनि बताएको छ।इजरायलले अधिकांश मिसाइरहरू आफ्नो डिफेन्स सिस्टमले निष्क्रिय तुल्याएको बताएको छ।इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानले ठूलो गल्ती गरेको भन्दै त्यसको सजाय भोग्न तयार हुन चेतावनी दिएको छ। बीबीसी