२०८१ मंसिर ११ , मंगलबार

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ।संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो।

उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन्। समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।यसरी उजुरी गरेकामध्ये एक उजुरीकर्ताले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाएका थिए।

बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहार गरेको उजुरी दिएका थिए।