२०८१ कार्तिक ३० , शुक्रवार

राष्ट्रपति पौडेलले एक महिनाको तलब दैवीप्रकोप राहत कोषलाई दिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले एक महिनाको तलब सुविधा प्रदान गर्ने उनको निजी सचिवालयले जनाएको छ ।यसैगरी उनका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलव सुविधा प्रदान गर्ने सचिवालयले जनाएको छ ।

यसअघि मन्त्रिपरिषदका सम्पूर्ण सदस्यहरूले एक महिनाको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउने निर्णय भएको थियो।