२०८१ मंसिर ९ , आइतवार

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द«, कालोपुल काठमाण्डौं तथा सामुदायिक प्रहरी सेवा केन्द«, कालोपुल काठमाण्डौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको छ ।

चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर बैंकले हस्तान्तरण गरेको हो ।

मिति २०८१ आश्विन १६ गते एक कार्यक्रमका बीच महानगरीय प्रहरी वृत्त मालीगाँउका कार्यालय प्रमुख तथा प्रहरी बरिष्ठ नायब निरिक्षक बसन्त थापालाई बैैंकका बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेको हो । यसबाट मालीगाँउ तथा कालोपुल वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।