२०८१ मंसिर ११ , मंगलबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई रकम सहयोग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालै परेको अविरल वर्षाको कारण काठमाडौ उपत्यका लगायत मुलुकभर बाढी, पहिरो र डुवानमा परी ठूलो धनजनको क्षती भएकोमा विपतको यस्तो दुखद घडीमा खोज, उद्धार र राहतमा केही सहयोग पुगोस् भन्ने हेतुले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.पच्चिस लाख सहयोग गरेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्ण बहादुर अधिकारीले उक्त सहयोग रकम बराबरको चेक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।