२०८१ मंसिर ८ , शनिवार

नेपालमा जेइको जेसिक्स र ओमोडा इ५को १०० युनिट एक दिनमा डेलिभरी सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ओमोडा एन्ड जेइको कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयुभि र ओमोडाको १०० भन्दा धेरै युनिटहरू डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ । पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ-रोड इलेक्ट्रिक एसयुभि हो । गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ-रोड डिजाइनका कारण छोटो समयावधीमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीको भनाइ छ।

त्यसमाथी, अफ-रोड ड्राइभिङमा रूची राख्नेहरूले गत हप्ता आयोजित डर्ट-टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफ-रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाए । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ । त्यति मात्र होइन, Omoda e5 सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ । भर्खरै नाडा अटोशोमा ओमोडा ई५ डीएलएक्सOmoda E5 LUX को कम संस्करण हो।जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ-रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ-रोड पारखीहरूको लागि उचित रोजाई बनेको छ । २७१५ मिलिमिटरको ह्विलबेस, १८९वा १९० इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो । चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८ ‍-१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि-क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ ।

यसको साइड-हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालिन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ । जे सिक्सले डे एन्ड नाइट रियर भ्यु मिरर, ३६० डिग्रि क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ । जे सिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिन्छ । जे सिक्स दुइवटा भेरियन्टमा उपलब्ध छ । पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर-व्हिल-ड्राइभ । र दोश्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्टमा उपलब्ध छ । यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सकिने कम्पनीले जनाएको छ।

सिएटिएलको एलएफपि (लिथियम फेरोस फस्फेट) ब्याट्रि ९जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९.७ किलोवाटआवरमा उपलब्ध छ ।० रहेको जे सिक्सले ५०१ किलोमिटरको सिएलटिसि-रेन्ज प्रदान गर्दछ । गाडी ३०% देखि ८०% सम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसि र एसि दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् । समग्रमा, जे सिक्स एक आरामदायी, व्यावहारिक, तथा नेपाली भूभागको लागि सुहाँउदो एसयुभि हो, जुन नेपाली ग्राहकहरूको प्राथमिकतामा पर्दछ ।