२०८१ आश्विन ३० , बुधवार

गुरु ट्राभल्सको परिभ्रमण कार्यक्रम अन्तर्गत “UNESCO विश्व सम्पदा भ्रमण ” सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडले श्रावण २५ गतेको दोस्रो वार्षिकोत्सवको अवसरमा घोषणा गरेको सेवामूलक योजना अन्तर्गत निःशुल्क सातवटा UNESCO विश्व सम्पदा भ्रमण कार्यक्रम आज सम्पन्न भएको छ।

लकी ड्र मार्फत छनोट गरिएका २० जना सामाजिक सञ्जालका सहभागी र दोस्रो वार्षिकोत्सवबाट छानिएका १० जना व्यक्तिहरूको गरिमामय उपस्थितिमा चांगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, बौद्ध स्तुपा, पशुपतिनाथ मन्दिर, र स्वयम्भू स्तुपाको भ्रमण सम्पन्न भएको छ।

यस पवित्र उद्धेश्यमा स्वास्थ्यपरीक्षण सेवा उपलब्ध गराई काठमाडौं, धुम्बाराही, मन्दिखाटार रोडमा स्थित ज्ब्ःक् हस्पिटलले सहकार्य गरेको छ ।संस्थाका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले यो संस्था पर्यटनक्षेत्रसँग आवद्ध नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी भएको नाताले पर्यटनसँग समाजका विविध पक्षहरुलाई जोड्ने, शिक्षा तथा संस्कारमा पर्यटनको महत्वलाई स्थापित गर्ने अठोट लिएको बताए ।

धरेलले पृथक र नवीन पर्यटकीय गन्तव्य र भ्रमण अनुभवहरुको प्रचारप्रसार गर्दै दीगो सामाजिक आर्थिक रुपान्तरणमा भूमिका खेल्न दत्तचित्त भएर लागिरहने र परिभ्रमण कार्यक्रम त्यसै सामाजिक अभियानको रुपमा रहने र सोही अनुरुप अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दैजाने बताए ।