सुनाखरी न्युज/ काठमाडौं ।
संघले गत सेप्टेम्बर २७ मा शुरु गरेको मोटरसाईकल कार्निभलको अन्तिम कार्यक्रमको रुपमा फेस्टिभ च्यालेञ्ज घोषणा सहित सम्पन्न भएकोे छ । संघ स्थापनाको १६ वर्षको संकेत स्वरुप १६ राईडर्स विचमा हिजो हिमालयन मोटरल्याण्ड धुलिखेल मा सो अभियान घोषणा गरिएको हो ।
जसमा फेसबुकमा फोटो कन्टेस्ट, इन्सटाग्राम र टिकटकमा भिडियो/रील कन्टेस्ट रहेको छ ।
कार्यक्रमका सहभागीहरुले आफुले पोस्ट गरेका ती कन्टेन्टहरुलाई एक हप्ता भित्र सबैभन्दा धरै लाईक, कमेन्टक र सियरको आधारमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।हिजै ती सहभागाीहरुले स्लो बाईक कम्पिटिसनमा सहभागीता जनाएका जहाँ वेस्ट राईडर्सको रुपमा अनुप श्रेष्ठ चयन भए । यस अघि टू–व्हील टूरिङ, पोलिसी डायलग तथा वेस्ट अवार्ड लगायतका कार्यक्रम सम्पन्न भईसकेका छन् ।
अन्तराष्ट्रिय मोटरसाईकल फेडेरेसन एफआईएमको सन् २०२४ को लागि नेपालमा ट्रान्स–हिमालय एड्भेञ्चर मोटरसाईकल कार्निभल लगायतका कार्यक्रम सम्पन्न गरिएको हो भने एफआईएम एसियाको सहयोगमा गत महिना मात्रै रेस अफिसियल र मार्शल को तालिम काठमाण्डौँमा सम्पन्न गरिएको थियो । अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुको बीचमा बाईक रेसिङ अत्यन्तै लोकप्रिय रहेका छ भने नेपालमा रेसिङको अलावा टुरिङ र राईडिङमा समेत यसको लोकप्रियता बढ्दो छ ।यस पटकको मुख्यत दुईवटा ईभेन्ट मार्फत अव नेपालको सन्दर्भमा मोटरसाईक्लिङ टूरिङ भरपर्दो विकल्प बन्ने निष्कर्ष सहित सम्वन्धित सरकारी निकायमा सुझाव सहितको प्रतिवेदन बुझाउने तयारी समेत नासा नेपालले गरेको छ ।