सुनाखरी न्युज/ काठमाडौं ।
नेपालीहरुको महान पर्व वडादशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन/जान सहज होस भनी वडादशैंको फुलपातीको दिन काठमाडौं–भैरहवा–काठमाडौं निगमको A320 जहाजबाट उद्दार उडान गर्ने निगमले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
यस विषम परिस्थितिमा उद्दार उडानमा खटिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको विशेष निर्देशन भए अनुसार निगमको कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष पहल रहेको छ ।
यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमकोWebsite (www.nepalairlines.com.np)वा आफ्नो मोबाइलबाट समेत Online Ticketलिन सकिने व्यवस्था गरिएको बताइएको छ ।