सुनाखरी ज्युज/ काठमाडौं ।
हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थका लागी प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ।
यस बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई आयोजित एक समारोहमा उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेको जानकारी गराए।