२०८१ आश्विन ३० , बुधवार

आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक

Capture

सुनाखरी ज्युज/ काठमाडौं ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित तथा परिचित कार्यक्रम आइसिटी अवार्डको नवौं संस्करणको लागि नोमिनेसन प्रकृया सम्पन्न भएर सर्वोत्कृष्टको लागि छनौट प्रकृया जारी छ । विभिन्न १४ विधामा खुल्ला भएको नोमिनेसन प्रकृयामा ७ सय बढिको सहभागिता रहेको छ । १४ जना विज्ञ जुरी सदस्यहरुले छनौट प्रकृयामा काम गरिरहेका छन ।यसै क्रममा क्याटेगोरी ए अन्तर्गत स्र्टाटअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधामा दुई चरणको छनौट पश्चात सेमाफाइनलिस्ट सार्वजनिक गरिएको छ ।

स्टार्टअप आइसिटी अवार्ड २०२४ अन्तर्गत उत्कृष्ट १० को छनौट भएको छ । ४५ बढि स्र्टाटअपहरुको नोमिनेसन रहेको यस विधामा दुई चरणको छनौट पश्चात उत्कृष्ट १० सार्वजनिक गरिएको हो । यस अन्तर्गत अभियान्त्रिक कर्मशाला, बसियो सर्भिसेस, क्रिम्सन टेक, डार्क म्याटर गेम प्रडक्सन, फेन्टासी गेम्स, जियोभेसन नेपाल, हेल्थ याद आयो, ट्याकुम डिजिटल, युवासफ्ट टेक्नोलोजिज र ज्याप सर्भिसेस उत्कृष्ट १० स्टार्टअपमा छनौट भएका छन ।

प्रडक्ट आइसिटी अवार्ड २०२४ को लाग उत्कृष्ट १३ प्रडक्ट सार्वजनिक गरिएको छ । यस विधामा ४० बढि प्रडक्टहरुको नोमिनेसन प्राप्त भएको थियो । एपिआइएमएस, बसियो, बिबाबो, बजेट ३६०, कम्प्रेहेन्सिभ रिकन्सिलेसन सिस्टम उत्कृष्ट १३ मा परेका छन । यसैगरी इमेडिओयर, इनिर्माण, जिकवज, खातापाना, कोइली, मुनिसिपालिटी सर्भिस पोर्टल, माइ पालिका र तेज हेल्थ केयर प्रडक्ट विधा अन्तर्गत सेमिफाइनलिस्टमा छनौट भएका छन ।

राइजिङ स्टार इन्नोभेसन २०२४ मा ६० बढिको आवेदन प्राप्त भएको थियो । यस विधामा उत्कृष्ट १२ इन्नोेभेसन सेमिफाइलिस्टमा छनौट भएका छन । यस अन्तर्गत एरोगार्ड, एआई इमेज डिटेक्सन, बालि विज्ञान, बिबाबो, साइफरभोट, डिआर फिस उत्कृष्ट १२ मा पर्न सफल भएका छन । यसैगरी फलो मि ड्रोन, हाइपर्स, कुरुवा केयर, प्रहारक, स्पिकअप नेपाल, राइट अन एआईले पनि सेमिफाइलिस्टको लागि प्रतिस्पर्धा गर्नेछन ।

सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को विधामा उत्कृष्ट १३ इन्नोभेसनहरु सेमिफाइन प्रतिस्प्रधाको लागि छनौट भएका छन । यस विधामा ३५ बढि इन्नोभेसनहरुको नोमिनेसन प्राप्त भएको थियो । यस अन्तर्गत एआइ पोलिसी ट्रयाकर, विपद पोर्टल, कता हो, इकागजपत्र, जियोकृषि, ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट नेपाल उत्कृष्ट १३ मा पर्न सफल भएका छन । यसैगरी केयु कृषि, एलएमसी अलर्ट, लोकल लेभल जस्टिस म्यानेज्मेन्ट सिस्टम, मोबाइल हेल्थ फर केयर कोअर्डिनेसन, एनएस एप, सफा नेपाल, टेलिमेडिसिन ब्रिजिङ हेल्थकेयर ग्यापले पनि सेमिफाइनलमा स्थान प्राप्त गरेका छन् ।

यी उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले फाइनल प्रतिस्प्रधाको लागि ग्राण्ड जुरी सेसनमा १४ जना जुरी समक्ष प्रस्तुती र प्रडक्ट शोकेस गर्नुपर्नेछ । यस पश्चात ४ विधामा नै उत्कृष्ट ५ को फाइलिस्ट सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ मा पर्न सफल स्र्टाटअप, प्रडक्ट र इन्नोभेसनले सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङसँगै जुरीले कार्यालय भ्रमण गर्नेछन ।

क्याटेगोरी ए अन्तर्गतका यी विभिन्न ४ विधाहरुसँगै जुरीले क्याटेगोरी सी अन्तर्गत डिजिटल एजुकेशन, डिजिटल सर्भिसेस र डिजिटल गर्भनेन्स विधामा प्राप्त नोमिनेसनहरुको पहिलो चरणको छनौट प्रकृया सञ्चालन गरिरहेका छन । अन्य व्यक्तिगत अवार्ड विधाहरु पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन, नेपाली डायस्पोरा र प्रोफेसनल एक्सिलेन्स विधाहरुमा दशैपश्चात छनौट प्रकृया सुरु हुनेछ ।

साउथ एसिया स्टार्टअप अवार्डको लागि नोमिनेसन प्रकृया अझै जारी छ । यस विधामा छनौट प्रकृयाको लागि भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट जुरी सदस्यहरु मनोनयन गरिएको छ । नेपालका सातै प्रदेशका स्टार्टअपलाई लक्षित स्टार्टअप मिटअप सेसनहरु आयोजकले प्रदेश प्रदेशमा सञ्चालन गरिरहेको छ ।आइसिटी अवार्डको महत्वपुर्ण प्रि इभेन्ट कार्यक्रमहरु कार्तिक अन्तिम सातादेखी सञ्चालन हुनेछन । स्टार्टअप फेस्ट, बुटक्याम्प, मेन्टरिङ सेसन र टेलिभिजन शो तिहार लगत्तै सुरु हुने आयोजक लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ । अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन । आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले २० डिसेम्बरको दिन हायात रिजेन्सीमा आयोजना हुनेछ ।लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजन गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्य रहेको छ ।

अवार्ड सम्वन्धी विस्तृत जानकारीको लागि वेबसाइट www.ictaward.org हेर्न सकिनेछ ।