२०८१ मंसिर ७ , शुक्रवार

पुण्य गौतममाथि कुटपिट, उपचार जारी

Capture

सुनाखरी ज्युज/ काठमाडौं ।

पुन्य गौतममाथि आक्रमण भएको छ । सोमबार राति सवा ९ बजेतिर गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा उनीमाथि आक्रमण भएको हो ।

आफू बस्ने घर अगाडि हिँड्दै गर्दा ४६ वर्षीय गौतममाथि आक्रमण भएको हो । धारिलो हतियार प्रहारबाट गौतमको टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको छ ।

नेपाल मेडिकल कलेज अत्तरखेलमा राखेर उनीमाथ उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनी अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।गौतममाथि कसले किन आक्रमण गर्‍यो भन्ने विषय खुलिसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।