२०८१ आश्विन ३० , बुधवार

जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्ती मार्फत टिकट खुल्ला

Capture

सुनाखरी ज्युज/ काठमाडौं ।

विभिन्न युवा मैत्री मनोरञ्जनात्मक कार्यक्रम तथा रियालिटी सोहरूमा टिकटिङ र भोटिङ सेवा प्रदान गर्दै आइरहेको ‘खल्ती’ ले ‘जुबिन नौटियाल लाइभ ईन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको छ। एन् अटिजम केयर फाउन्डेसन सँग सहकार्य गर्दै अटिजम भएका व्यक्तिहरूका लागि आयोजित यस फन्ड रेजिङ च्यारिटी कन्सर्टमा युवाहरू माझ लोकप्रिय बनेको आवाज जुबिन नौटियालको लाइभ म्युजिकल प्रस्तुति रहनेछ भने खल्तीले सम्पूर्ण टिकटिङ को एक मात्र साझेदार को रूपमा जिम्मा लिएको छ।

डिसेम्बर १४ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुन गई रहेको यस च्यारिटी कन्सर्टको टिकट खल्ती प्रयोगकर्ताहरूले निर्धक्क भई सुविधा जनक तवरबाट खल्ती एप तथा events.khalti.com मार्फत खरिद गर्न सक्नेछन् ।यस च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिहरूका लागि विश्व स्तरीय शिक्षा समर्थन प्रदान गर्दै पूर्ण क्षमता सम्म पुग्न सशक्त बनाउने साथै उहाँहरूको लागि एक समावेशी समाज सिर्जना गर्ने एन् अटिजम केयर फाउन्डेसनको सामाजिक उद्देश्यका लागि प्रयोग गरिने जनाइएको छ।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने,“ १००० भन्दा बढी इभेन्ट/कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै आएको खल्तीले यस सामाजिक सेवा लक्षित च्यारिटी कन्सर्टमा आफ्नो टिकटिङ सेवा प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ। युवा पुस्तामा निकै नै लोकप्रिय जुबिन नौटियालको प्रस्तुति र अटिजम सम्बन्धी जनचेतना तथा सहयोगको लागि सुरु गरिएको यस अभियानले खल्तीको सामाजिक उत्थानका लागि डिजिटल सेवा प्रदान गर्ने उद्देश्यलाई थप उत्साह दिने कुरामा हामी आशावादी छौँ। म्युजिकल उत्सवमा रमाउन र सामाजिक हितमा साथ दिनका लागि बढी भन्दा बढी प्रयोगकर्ताहरूले सहजै र सरलै अनलाइन टिकट खरिद गर्न मिल्ने यस सुविधाको लाभ लिनु हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।”