२०८१ आश्विन ३० , बुधवार

अब सुनचाँदी धितोमा अधिकतम ५० लाख मात्रै कर्जा

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ।राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।राष्ट्र बैंकले यस्तो कर्जामा एकल ग्राहक कर्जा सीमा ताकेर नयाँ व्यवस्था गरेको हो।ययसअघि ५० लाख भन्दा बढी कर्जा सुनचाँदी धितोमा प्रवाह गरेको भए २०८३ असार मसान्तभित्र एकल ग्राहक कर्जा सीमाभित्र लयाउनुपर्ने भएको छ ।

‘सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरिएको छ । यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने छ,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको परिपत्रमा भनिएको छ ।

त्यस्तै, अब चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी वा चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी सेयर लिएका सेयरधनी तथा तिनका परिवारका सदस्य र कर्मचारीले कर्जा तथा गैरकोषमा आधारित सुविधा नपाउने भएका छन्।हालसम्म संस्थापक समूहका सेयरधनीले यस्तो सुविधा नै लिन पाउँदैन थिए। अब ०.५ प्रतिशतभन्दा कम सेयर भएका संस्थापक सेयरधनीले यस्तो सुविधा लिन पाउने भएका छन्।