सुनाखरी न्युज/ काठमाडौं ।
चाडपर्वको समयलाई मध्यनजर गर्दै ग्लोबल आइृएमई बैंक, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र के–के मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन गरेको छ ।
यस योजना अन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्टआइपीएसका प्रयोगकर्ताहरुले के–के मार्टका सबै आउटलेटहरुमा के–के मार्टमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले बताएको छ। सो अफर यही असोज १८ देखि ३० गतेसम्म उपलब्ध हुनेछ ।
उक्त अफरमा ग्राहकहरुले अफर अवधिभरि अधिकतम प्रति खाताबाट ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछजन् । के–के मार्टमा Dynamic QRको रुपमा उपलब्ध रहेको के–के मार्टमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक मा ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्टआइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिने कम्पनीको भनाइ छ।
चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो मध्येको एक रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।