२०८१ आश्विन ३० , बुधवार

सेयर बजार ४३.२२ अंकले बढेर परिसूचक २७४२

share

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से बुधबार  ४३.२२ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७४२ अंकमा कायम भएको छ ।

कारोबारका क्रममा साढे १ बजे बजार अधिकतम २७४८ अंकसम्म पुगेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको भयो ।

 

कुल २०६ कम्पनीको मूल्य बढ्दा ३५ को घट्यो भने ३ को स्थिर रह्यो ।