२०८१ कार्तिक २ , शुक्रवार

सुनको मूल्यमा दिन दिनै नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

Gold High

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली बजारमा आज  बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार  छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।