२०८१ कार्तिक २ , शुक्रवार

योगा महोत्सव २०२४ सम्पन्न

Yoga_2

सुनाखरी न्युज
काठमाडौं ।

होटल संघ नेपाल, होटल संघ नेपाल गण्डकी प्रदेश, होटल संघ पोखरा नेपाल र पूर्ण योगा रिट्रिट सेन्टरको संयुक्त आयोजनामा असोज ३० गते बुधबार सम्पन्न होटल संघ नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

 

उक्त अवसरमा होटल संघ नेपालका महासचिव साजन शाक्यले स्वागत गर्दै मुलुकमा योगा पर्यटनको सम्भावनालाई यस कार्यक्रमबाट ठूलो टेवा पुग्ने बताउनु भयो । उहाँले मुलुकमा सभा सम्मलेन तथा विवाह गन्तव्यसँगै वेलनेस तथा योगा र ट्रेकिङ र ट्राभलका लागि नेपाल आउने पर्यटकलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

 

पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा आयोजित उक्त कार्यक्रममा विदेशबाट आएका ख्यातिप्राप्त ३०औं वर्षदेखि नेपाली धून र संगीतमा अविरल लाग्नु भएका नेपाली कलाकार ग्रामी नोमिनेटेड मनोज सिंले बाँसुरीको धून प्रस्तुत गर्नुभयो भने विभिन्न मुलुकमा नेपालको मौलिक नृत्य प्रस्तुत गर्दै आउनुभएको ख्यातिप्राप्त प्रज्वल रत्न वज्राचार्यले चैर्य नृत्य प्रस्तुत गर्नुभयो । त्यसैगरी लिना मालाकारले क्लासिकल डान्स प्रस्तुत गर्नुभयो भने मनोहर श्रेष्ठले योगा अभ्यास र साउन्ड थेरापी गराउनुभएको थियो ।

 

कार्यक्रममा पोखरा वडा नं। १८ का अध्यक्ष शिवप्रसाद तिमल्सिना, केन्द्रीय सदस्य भरतराज पराजुली, गण्डकी हानका अध्यक्ष हरिशर्मा गैरे तथा पदाधिकारीहरु, क्षेत्रीय संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा टानका अध्यक्ष कृष्ण आचार्य, पोखरा नाट्टाका अध्यक्ष किशोर दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका साथै ६० भन्दा बढी होटल प्रतिनिधिहरुको उपस्थिति रहको थियो । कार्यक्रमको तालिका चार दिनको रहेता पनि विशेष कारणले गर्दा एक दिनमा सम्पन्न गर्नुपरेको होटल संघ नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।