सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो ।केहीबेरमै म्यादबारे आदेश आउने अदालत स्रोतले जनाएको छ ।
प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद लिएको थियो ।