सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संसदीय समितिका सभापति र प्रमुख दलका सचेतक तथा प्रमुख सचेतकहरूसँगको छलफल सकिएको छ ।सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा समितिमा रहेका विधेयक रहेका विधेयककाबारेमा छलफल भएको समिति सभापतिहरूले बताएका छन् ।
छलफलमा संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई निर्देशन दिएका छन् । अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले गुनासो गरेका छन् ।
यसको अलवा संघीयता कार्यान्वयनको अवस्थामा निजामती कर्मचारी, प्रहरी विधेयक ल्याउनुपर्ने अवस्थामा संविधान संशोधनको समेत कुरा आइरहेको भन्दै कसरी सन्तुलन गर्ने भन्नेबारेमा सभामुखले बैठकमा राखेको खानले जानकारी दिए ।