२०८१ मंसिर ८ , शनिवार

काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी

Kamanapa

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले १०८ जना करार कर्मचारी माग गरेको छ । महानगरले आज एक सूचना जारी गरी मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्म माग गरेको हो ।

महागनरले लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि मात्रै करारमा काम गर्ने गरी कर्मचारी माग गरेको हो ।आठौँ तहको मेडिकल अधिकृतपदमा ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स ५ जना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर १, तथ्यांक सहायक १ र कार्यालय सहयोगी २६ जना गरी १०८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।