२०८१ मंसिर ७ , शुक्रवार

७ बैंकको नाफा घट्यो, ९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा सात वटा बैंकको नाफा घटेको छ।एनआइसी एसिया बैंकको नाफा करिब ९० प्रतिशतले घटेर ११ करोड पाँच लाखमा सीमित भएको छ। गत वर्ष यही अवधिमा एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा ८२.४० प्रतिशतले घटेर १५ करोडमा सीमित भएको छ। यसअघि बैंकले ८५ करोड नाफा गरेको थियो।हिमालयन बैंकको नाफा ३१.२२ प्रतिशत घटेर ७२ करोडमा सीमित भएको छ। सानिमा बैंकको पनि नाफा १७.२६ प्रतिशतले घटेर ३९ करोड रूपैयाँमा सीमित भएको छ।

सिटिजन्स इन्टरनेसनल बैंकको नाफा १२.५६ प्रतिशतले घटेर २४ करोडमा सीमित भएको छ।माछापुच्छ्रे बैंकको नाफा ७.१९ प्रतिशतले घटेर ५० करोडमा सीमित भएको छ।त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३.८२ प्रतिशतले घटेर एक अर्ब ४६ करोडमा सीमित भएको छ।