२०८१ मंसिर ६ , बिहिवार

उच्च मूल्यबाट प्रतितोला ७०० घट्यो सुनको भाउ

gold

सुनाखरी न्युज/ काठमाडौं ।

लगातार सात दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको छ। हिजो अर्थात् बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।चाँदी बिहीबार प्रतितोला दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको छ।