२०८१ मंसिर ८ , शनिवार

प्राइम कमर्सियल बैंकले प्रस्ताव गर्‍यो लाभांश

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबारका दिन विहान बसेको बैंकको सञ्चालक समितिको ५१४ औं बैठकले बैंकको आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट रु. ९७,०१,२८,७८६/-अक्षेरेपि सन्तानब्बे करोड, एकलाख अठ्ठाइस हजार सातसय छयासी मात्र नगद लाभाँश प्रस्ताव गरेको छ ।

उक्त नगद लाभाँश रकम प्रति शेयर ५% (कर सहित) हुने व्यहोरा जानकारी गराएका छन्।

प्रस्तावित नगद लाभाँश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने व्यहोरासमेत जानकारी गराएका छन्।