२०८१ मंसिर ७ , शुक्रवार

चुच्चे नक्सा अंकित १००रुपैयाँका ३० करोड थान नोट छाप्दै राष्ट्र बैंक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सय रूपैयाँको ३० करोड नोट छाप्ने भएको हो।संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो ।

अब डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गरी नेपाल राष्ट्र बैंकलाई डेलिभरी गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको हो ।चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले सबैभन्दा कम रकमको बिड गरेपछि उसैले यो टेण्डर पाएको हो।

३० करोड वटा एक सय रूपैयाँको नोट छाप्न कम्पनीले ८९ लाख ९६ हजार पाँच सय ९२ डलर अर्थात् आजको विनिमयदरको आधारमा एक अर्ब २० करोड रूपैयाँको लागत पेस गरेको थियो।