२०८१ मंसिर ६ , बिहिवार

सेयर बजार २६१७ अंकमा झर्‍यो, चार अर्ब ७३ करोड कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ।यसदिन नेप्से ९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ।आइतबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार पाँच अर्ब ४१ करोडको कारोबार भएकोमा यसदिन चार अर्ब ७३ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६८ करोड रूपैयाँ कमी आएको हो।

आज ३२० वटा धितोपत्रको एक करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच भएको हो।आइतबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।