२०८१ मंसिर ८ , शनिवार

गाजाका बन्धकहरूलाई मुक्त गर्न इजरायले रिहाइका सर्तहरू मान्नुपर्छ– इजरायली रक्षामन्त्री

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले आइतबार गाजामा रहेका बन्धकहरूको रिहाइका लागि ‘पीडादायी रिहाइका सर्तहरू’ स्वीकार्नुपर्ने बताउनुभएको छ । उहाँले सैन्य कारबाहीले मात्रै युद्धका उद्देश्यहरू प्राप्त गर्न पर्याप्त नहुने बताउनुभयो ।“सबै उद्देश्य सैन्य कारबाहीबाट मात्र हासिल गर्न सकिँदैन… हाम्रा बन्धकहरूलाई घर फर्काउने नैतिक कर्तव्य पूरा गर्न हामीले पीडादायी रिहाइका सर्तहरू स्वीकार्नु पर्नेछ”, उहाँले गत वर्ष अक्टोबर ७ मा भएको हमासको आक्रमणको हिब्रु पात्रो वार्षिकीको अवसरमा भन्नुभयो ।

ग्यालेन्टले एक वर्षभन्दा बढीको लडाइँमा देशका सैन्य उपलब्धिहरूको नाम लिनुभयो । “दक्षिणमा हमास सैन्य संरचनाको रूपमा काम गर्न बन्द भएको छ, उत्तरमा हिजबुल्लाहले लगातार क्षति भोगिरहेको छ र यसको नेतृत्व समाप्त भएको छ, यसको रकेट भण्डारको अधिकांश नष्ट भएको छ र यसका सेनाहरू सीमा रेखाबाट पछि हटेका छन्”, उहाँले भन्नुभयो ।आधिकारिक इजरायली आँकडाहरूको एएफपी गणनाअनुसार हमासको अक्टोबर ७ को आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय छ जनाको १,२०६ जनाको मृत्यु भएको थियो ।

हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ४२ हजार नौ सय २४ प्यालेस्टिनी मारिएका छन् । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मान्छ ।युद्धले विशेषगरी लेबनानमा हिजबुल्लाहसहित क्षेत्रभरका इरान समर्थित समूहहरूलाई पनि तानेको छ । लेबनानमा इजरायलले सेप्टेम्बर अन्त्यदेखि ठूलो हवाई अभियान र स्थल कारबाहीहरू सञ्चालन गरेको छ ।  रासस/एएफपी