सुनाखरी न्युज/ काठमाडौं ।
अनमोल केसी, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्मा, जसिता गुरुङसहितका कलाकारले सोमबारदेखि फिल्म ‘जेरी अन टप’को छायांकन थालेका छन् ।ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै यो रोमान्टिक फिल्मको छायांकन थालियो । त्यसअघि ‘कास्ट एड क्रू’ले मन्दिरमा पूजाआजा गर्दै प्रोजेक्ट सफलताको कामना गरे ।हलमा ‘छक्कापञ्जा ५’ चलिरहँदा माग्ने बूढा भने नयाँ फिल्मको तयारीमा जुटेका हुन् ।
यो फिल्ममा भुवन केसी र विपना थापा पनि कलाकारको रुपमा छन् ।अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । यसअघि निर्माण भएको अनमोलकै फिल्म ‘जेरी’सँग यसको सम्बन्ध नरहेको बताइएको छ । ५० दिनको छायांकन तालिका राखिएको फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिने जनाइएको छ ।