२०८१ मंसिर ९ , आइतवार

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि,पाँच अर्ब ३४ करोडको कारोबार

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।यसदिन नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ।सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात् आइतबार चार अर्ब ७३ करोडको कारोबार भएकोमा यसदिन पाँच अर्ब ३४ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६१ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३०७ वटा धितोपत्रको एक करोड चार लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच भएको हो।सोमबार २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ।