सुनाखरी न्युज/ काठमाडौं।
ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “Skywalk Nepal”मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित “Skywalk Nepal” मा २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा SkyWalk Nepalको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरे।
यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले SkyWalk Nepalका भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन्। छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल Skywalkटावर काठमाडौँको दृष्यावलोकनको लागि उचित छ। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैंकले पोखरास्थित”Kuti Resort”मा बैंकका ग्राहकहरूलाई २०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित “Jungle Villa Resortर मकवानपुरस्थित प्रख्यात “Tistung Resort”मा बैंकका ग्राहकहरूलाई १५५ सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको बैंकले जनाएको छ ।संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।