सुनाखरी न्युज/ काठमाडौं ।
नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको छ । “ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ“ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रम मार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील विक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले लिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष माननीय अब्दुल खानको उपस्थिती रहेको थियो । उहाले कार्यक्रममा आफ्नो मनतब्य ब्यक्त गर्दै परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको नितान्त आवश्यकता रहेको कुरामा जोड दिए । कार्यक्रम मार्फत आगामी दिनहरूमा इ–कमर्स सम्बन्धी विषयहरू लगायत इ–कमर्स बिलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा, माननीय अध्यक्षले यसलाई अगाडि बढाउने र सहज बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै, दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिन सम्म ल्याइपुर्याउनमा विक्रेताहरूको मुख्य भूमिका रहेको बताए । “विक्रेताहरुको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रखुख कारण हो “, उनले भनिन् ।कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष बिष्ट, चिफ कमर्शियल अफिसर प्रविण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले इ–कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम)को महत्व उजागर गर्दै दराज प्ल्याटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरूको बारेमा जानकारी दिएको थियो ।कार्यक्रमको प्रमुख आकर्षणका रुपमा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान प्रदान गरे । सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको थियो ।
दराज सेलर समित क्याटगरि अवार्डका विजेताहरु :
दराज नेपाल, आफ्ना विक्रेताहरूलाई साथ—समर्थन प्रदान गर्दै सशक्तिकरणका लागि सदैव प्रतिबद्ध रहँदै आइरहेको छ । यसका लागि दराजले, ई–कमर्स क्षेत्रमा सफल हुन आफ्ना विक्रेताहरुलाई आवश्यक उपकरण तथा अवसरहरू प्रदान गर्न निरन्तर लागिपरेको छ । विक्रेता सम्मेलनले सम्मानलहरुलाई विगतका उपलब्धिहरुमा मात्र सिमित नराखेर, भविष्यका सहकार्य तथा साझेदारी सफलताहरूको आधारसमेत तयार गरेको कम्पनीले जनाएको छ ।