२०८१ मंसिर ९ , आइतवार

काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गरिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।काठमाडौंको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरनमा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रसारण गराउन लागिएको हो।

बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा नेपाल-बंगलादेशबीच फाइनल खेल हुँदैछ।शरथ रंगशालामा टिकटको बिक्री सकिसकेको छ। भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो।

८० लाखमा टेन्डर लिएको प्रालिले आइतबार १८ हजार बढी टिकट बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको थियो। जबकी रंगशालाको क्षमता १४ हजारको हो।