सुनाखरी न्युज/ काठमाडौं।
चाडपर्वमा खुल्ला छन् काठमाडौँका सडक । भाइटीकाको अघिल्लो दिन काठमाडौँ उपत्यकाको सवारीसाधनको चाप न्यून देखिएको छ ।
सरकारी बिदा रहेको र भाइटीका लगाउन कतिपय कर्म क्षेत्रबाट गाउँ फर्किएकाले सवारी चाप न्यून देखिएको प्रहरीको भनाइ छ। कतिपय क्षेत्रको सडक खाली जस्तै थियो।
तिहारको रमझम चलिरहेको छ। आज गाईगोरु तथा गोवर्द्धन पूजा गरी मनाइँदै छ ।
त्यस्तै नेवार समुदायले नेपाल संवत्को स्वागतमा विभिन्न ठाउँमा ‘न्यू दया भिन्तुना’ आदान प्रदान गरिँदै छ।
आइतबार भाइटीका लगाएपछि तिहार समापन हुनेछ।