२०८१ कार्तिक २२ , बिहिवार

लिग २ : नेपाल अमेरिकासँग ३७ रनले पराजित

465406849_988189590004088_2607020462316308958_n-1024×683

सुनाखरी न्युज/ काठमाडौ ।

नेपाल आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित भएको हो ।

अमेरिकाको डालसमा रहेको ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४९।५ ओभरमै अलआउट भएको हो । नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।

टस जितेर बलिङ रोजेको नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २, २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।

 

सिरिजअन्तर्गको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।