२०८१ मंसिर ८ , शनिवार

संबिधान निर्माता र गणतन्त्र प्रति प्रतिबद्ध राजनीतिक दलहरू एक ठाउँमा उभिनु अत्यन्तै जरुरी 

Kiran

किरण गिरी-

इतिहासको पाना नियाल्दा राजतन्त्र को अन्त्य र पुर्ण लोकतन्त्र (गणतन्त्र) को स्थापना गर्नु नै नेपालका राजनीतिक दल हरु ले सम्पन्न गरेको
दोस्रो ऐतिहासिक जन आन्दोलन को लक्ष र उध्येश्य थियो । सात राजनीतिक दल र नेकपा माओवादी बिच भएको
यही यथार्थ धरातलमा ६२-६३ को आन्दोलन सफल भयो । २-२ पटक संबिधान सभाको निर्वाचन सम्पन्न भयो ।
संबिधान सभा बाट ०७२ असोज ३ गते संबिधान जारी भयो। यही संबिधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ०७४ -०७९ मा स्थानीय , प्रदेश सभा र संघीय संसद को निर्वाचन सम्पन्न भयो। यश बिच सुशासन र भ्रष्टाचार नियन्त्रणमा भने सरकार र राजनीतिक दलहरु चुकेकै देखिन्छन ।

नेपालको संबिधान मा उल्लेखित बाहेक कोहि कसै संग कुनै सम्झौता , सहमति वा समझदारी छ भने प्रष्ट र पारदर्शी रुपमा जनता समक्ष सार्बजनिक हुनु जरुरी छ ।

अब परिवर्तनकारी राजनीतिक दल हरु नेपाली काँग्रेस , नेकपा एमाले ,माओवादी र मधेसबादी दल मुलुक र जनता प्रति थप जिम्मेवार र इमानदार बन्नु जरुरी छ । अब सुशासन , भ्रष्टाचार नियन्त्रण र मुलुकमा समुन्नतिको लागी बर्तमान सरकार र सबै राजनीतिक दलहरु मुलुक र जनता प्रती इमानदार बन्नै पर्दछ । अन्यथा मान्छे होस या भगवान , समय सबभन्दा बलवान  । समयले कहिल्यै र कसैलाई पर्खने छैन ।

(गिरी  नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।)