सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कै अग्रणी वित्तीय संस्था कृषि विकास बैंक लिमिटेडले आफ्ना वरिष्ठ कार्यकारीहरुलाई उच्च प्रभावकारी नेतृत्व र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम रामशाहपथ काठमाण्डौं स्थित तालिम हलमा सफलतापूर्वक सम्पन्न गरेको छ । मिति २०८१ कात्र्तिक १२ र १३ गते दुई दिनसम्म संचालित यस प्रशिक्षण कार्यक्रमले बढ्दो प्रतिस्पर्धी बजारमा बैंकको रणनीतिक दृष्टिकोण बनाउन उच्च व्यवस्थापनमा हुनु पर्ने नैतिक नैतृत्व, लचिलोपन र कल्याण जस्त गुणहरुलाई अभिबृद्धि गर्दै कृषि विकास बैंकको समर्पणलाई अझ प्रभावकारी गराएको छ ।
यस विशेष प्रशिक्षणको उद्देश्य बैंकको बरिष्ठ कार्यकारीहरुलाई नैतिक आचरण र नैतिक निष्ठाको उच्चतम स्तरहरु कायम राख्दै उच्च तनावकोे वातावरणमा प्रभावकारी रुपमा कार्य गर्नको लागि आवश्यक सीप सिकाएको बैंकले जनाएको छ । तनाव व्यवस्थापन र नैतिक निर्णय लिने कार्यलाई केन्द्रीयकरण गर्दै बैंक त्यस्तो नेतृत्व तयार गर्न चाहन्छ जो आफ्नो भूमिका निर्वाह गर्नको लागि मात्र नभई सकारात्मक, पारदर्शी र समाबेशी कार्यस्थल संस्कृति बनाउनको लागि आफ्नो समूहलाई उत्प्रेरित गर्न सको ।यो कार्यक्रम आर्ट अफ लिभिङ्ग नेपाल संस्थागत कार्यक्रमका निर्देशक निभा प्रधानको नेतृत्व सम्पन्न भएको थियो । बैंकिङ्ग क्षेत्रको गहन पृष्ठभूमि भएका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रशिक्षक प्रधानले वित्तीय क्षेत्रका अगुवाहरुले भोगेका अद्वितीय चुनौतीहरुको बारेमा गहिरो ज्ञान दिएको थियो ।
वहाँको विशेषज्ञताले प्रभावकारी र सान्दर्भिक दुबै प्रशिक्षण अनुभव सुनिश्चितता गर्दै बैकिङ्ग उद्योगका कार्यकारी भूमिका भित्रको सुक्ष्म मागहरुको सम्बोधन गर्न सफल बैंकले जनाएको छ । वहाँको समूहमा प्रशिक्षणको गहन पृष्ठभूमि भएका सिनियर फ्याकल्टी AOLअच्युत राज गौतम र प्रशासनिक सहयोगको लागि शैलेन्द्र हमाल सम्मिलित थिए ।आर्ट अफ लिभिङ्गको संस्थागत कार्यक्रम विश्व स्वास्थ्य संगठनको Wellness Modelसंग मिलेर बिगत ४० बर्षमा १८६ देशहरुमा सम्पन्न गरी सकिएको छ । यी कार्यक्रमहरु लचिलो मानसिकता बढाउन, मानसिक स्पष्टतालाई बृद्धि गर्न र समग्र स्वस्थतामा केन्द्रीत हुन्छन् । कृषि विकास बैंक नेतृत्वको लागि भने यस कार्यक्रमलाई संस्थाको हरेक तहमा इमान्दारिता र जवादेहितालाई सबल बनाउदै बैंकको मूल मान्यतासंग मिल्ने गरी नैतिक नेतृत्वको लागि रणनीति सुहाउने गरी काटछाँट गरिएको थियो ।
प्रशिक्षणमा सहभागी बैंकका कार्यकारीहरुले यो प्रशिक्षण वैयक्तिक र पेशागत दुबै क्षेत्रमा लाभदायी भएको पृष्ठपोषण गरेका थिए । प्रशिक्षणले Enhanced Focus, Improved Emotional Resilience and Stronger Interpersonal Skillविकास गर्न मद्दत पुर्याएको बताएका थिए । यी गुणहरुले संगठनात्मक एकता र समूहको निर्णय लिने क्षमतामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । प्रारम्भमा प्रशिक्षणको अतिरिक्त, बैकको योजनाबद्ध अनुगमन सत्रहरु मार्फत कार्यक्रमको प्रभावलाई कायम राख्न र प्रशिक्षण अवधीभर …………… please translate some phrases here….. प्रतिबद्ध थियो ।
प्रशिक्षक निभाले भने, “नैतिक नेतृत्व र समग्र कल्याणमा हाम्रो ध्यानले लचकतासंगै इमान्दारिता र चुनौती केलाउने कार्यदल निर्माण गर्न सक्रिय दृष्टिकोण प्रतिबिम्बित गर्दछ । यस कार्यक्रमले विश्वासको बलियो आधार, पारदर्शिता र नैतिक निर्णयलाई सुनिश्चितता प्रदान गर्दै कृषि विकास बैंकका सफलतालाई डोर्याउने नेतृत्वको सबलीकरण गर्दछ । हाम्रो टोली निरन्तर अनुगमन र लगाव सहित बैंकको दूरदृष्टिलाई समर्थन गर्न समर्पित छ ।”
“मैले केही बर्ष पहिले Art of Livingबाट I excel Well-being Program लिएको थिए र मेरो लागि व्यक्तिगत रुपमा फाइदाजनक भएको अनुभव गरे । म साडे १ बर्ष अगाडि यस बैंकमा नियुक्त भएपछि, मैले हाम्रो बैंकमा यो तनाव व्यवस्थापन र नैतिक नेतृव्व कार्यक्रम शुभारम्भ गर्ने इच्छा राखे”, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले भने । वहाँ थप्नु हुन्छ, “कृषि विकास बैंक लि. संस्थाको सफलता आन्तरिक रुपमै नेतृत्वको कल्याण र पेशागत विकाससंग जोडेर एक सहयोगी र नैतिक धरातलीय नेतृत्व वातावरणलाई बढावा दिन प्रतिबद्ध छ । ”यस कार्यक्रमले बैंकको वर्तमान प्रवतिबद्धतालाई संस्था डोर्याउन सक्ने रणनीतिक लक्ष्यतर्फ उन्मुख सबल नेतृत्व टोली निर्माण गर्दै कर्मचारीमा लगानी गर्ने एक महत्वपूण पाइलाको रुपमा हेरिएको छ ।
“Top Down Approach को कुरा गर्दा, यो CEOगोविन्द गुरुङ्गलाई एउटा दूरदर्शी र प्रेरणादाीय नेताको रुपमा बुझ्ने र यस कल्याणकारी कार्यक्रम प्रारम्भ गर्न प्रतिबद्ध आफ्नो व्यवस्थापन समुह मात्र नभई संस्थागत संस्कृतिमा सम्पूर्ण संस्थालाई रुपान्तरण गर्ने ताजकीकरण हो ।” प्रधानले भने। प्रधानले थप भने, “यो CEOको नैतिक नेतृत्व शैली र व्यवस्थापकीय कुशलताका साथै वहाँको सबै प्रतिवेदनहरु खुशी साथ हेर्नको लागि उत्साहजनक थियो ।”