२०८१ कार्तिक २० , मंगलबार

पूर्वगृहमन्त्रीको समर्थनमा नाराबाजीमा उत्रिएका ७ जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन।